काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु

15.16K
shares

काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ। बिहीबार विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुई जनालाई किचेर फरार भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन्।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो।  अझै बसको नम्बर भने खुल्न सकेको छैन। घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टोलीले अनुसन्धान गरिरहेको छ ।