थपिए २१८ कोरोना संक्रमित, २६३ निको, १ को मृत्यु
वि.सं.२०७८ पुस ५ सोमवार २३:०६
shares

पछिल्लो २४ घण्टाभित्र २ हजार ७२५ जनामा पीसीआर परीक्षण गर्दा नेपालमा २१८ जना कोरोना संक्रमित भएका छन् । यस्तै १ हजार ४१६ जनामा एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार १४१ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ९५४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।
मन्त्रालयकाे तथ्यांकअनुसार गत २४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोमबार १ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

























