गृहपृष्ठ ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक
‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म श्रृंखला ‘कबड्डी’को चौथो सिक्वेल ‘कबड्डी ४: द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखनमा बनेको फिल्मको टिजर सोमबार दिउँसाे सार्वजनिक भएको हो ।
फिल्ममा विगतका श्रृंखलामै अभिनय गरेका कलाकारहरु रहेका छन् । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, उपेन्द्र सुब्बा लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ । गौमायाको यो डेभ्यु फिल्म हो । फिल्म आगामी मे महिनाको ६ तारिख सिनेमा हलमा प्रदर्शन हुने बताइएकाे छ ।
प्रकाशित समय : २१:१८ बजे



















