नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा ढकाल निर्वाचित
वि.सं.२०७८ पुस ५ सोमवार २०:४३
shares

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
ढकालले एसोसिएसनको संस्थापक महासचिव हुँदै धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीसमेत बहन गरिसकेका छन् । नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताउँदै समग्र बिमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेकाे बताए ।
अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्धकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छन् । यसैगरी एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट रहेका छन् ।
बिमाको कार्य प्रक्रिया बीमितको दाबीबाट सुरु हुने तथा बिमाको कार्यप्रक्रियाका लागि कागजात र सबुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले नवनिर्वाचित अध्यक्ष ढकालले बताए । उनले भने, ‘सर्भेयरले कागजात र सवुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञचको रुपमा प्राय; बीमितहरुले लिने गर्छन् । छिटो छरिरतो दाबी फरफारक गरी जनमानसमा बिमा क्षेत्रप्रति आस्था जगाउनका लागि बीमितमा बिमा सचेतना बढाउनैपर्छ ।’
.jpg)
























