एनबी बैंकमा अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने
वि.सं.२०७८ पुस ६ मंगलवार ००:०३
shares

नेपाल बंगलादेश (एनबी) बैंकले अनलाइनबाट नै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि यो सुविधा ल्याएको हो ।
यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दति खाता खोल्न सक्नेछन् । यस सुविधाबाट विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दति खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

























