सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
वि.सं.२०७८ पुस ५ सोमवार १७:२४
shares

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय र तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २४५ मा कारोबार भएको चाँदीको मूल्यमा सोमबार पनि कुनै घटबढ भएकाे छैन ।

























