सस्तियो सुन, कति छ आजकाे मूल्य ?
वि.सं.२०७८ पुस ४ आइतवार १८:०३
shares

आइतबार नेपाली बजारमा छापावल सुन प्रतिताेला मूल्यमा ४ सय रुपैयाँले सस्तिएको छ । आज छापावाला सुन तोला ९३ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्यसमेत आज ४ सय रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँ कायम भएकाे छ । यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा ४ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























