काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२१’बाट गुणकेशरी प्रधान सम्मानित

16.63K
shares

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् । लिभिङ विथ आइसीटीले आयोजना गरेको 'एफवान सफ्ट आइसीटी अवार्ड २०२१' अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आइसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।

काठमाडौंको सोल्टी होटलमा शुक्रबार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसीटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आइसीटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुशन (डीईआइ)लाई सधैँ प्रोत्साहन गर्ने कम्पनीको नीतिअनुरुप आइसीटी अवार्डमा आवद्ध भई ३ लाख रूपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेशन अफिसर विशालमणी उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रधानले नेपालको आइसीटी क्षेत्रमा ३५ वर्ष देखि अनवरत रुपमा योगदान पुर्‍याउँदै आएकी छन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छन् । प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशककाे पदमा रहेर काम गरेकी थिइन् ।

प्रधानले सरकारी सेवाबाट अलग भए पनि नेपालमा सूचना प्रविधिमा महिलाहरुको सहभागिता र दक्षता बढाउन विभिन्न ढंगले काम गरिरहेकी छन् । केही वर्षदेखि वुमन इन आइटी संस्थाको अध्यक्षमा रही यस क्षेत्रमा महिला सशक्तीकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चहरुमा काम गरिरहेकी प्रधानले यस वर्षको वुमन आइकन आइसीटी अवार्ड प्राप्त गरेकी हुन् ।

वुमन आइकन आइसीटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपहरुले अवार्ड प्राप्त गरेका छन् । यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, एनसेललगायत ३० बढी सस्थाहरुको सहकार्य रहेको थियो ।