काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पीएसबी नेपाल दोस्रो वर्षमा

1.13K
shares

ai logo सारांश

  • सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी नेपाल) आज (सोमबार) दोस्रो वर्षमा प्रवेश गरेको छ ।
  • रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी स्थापना गरिएको पीएसबी २०८१ कात्तिक २३ गतेदेखि सञ्चालमा आएको थियो ।

काठमाडौं । सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी नेपाल) आज (सोमबार) दोस्रो वर्षमा प्रवेश गरेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी स्थापना गरिएको पीएसबी २०८१ कात्तिक २३ गतेदेखि सञ्चालमा आएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐन २०८१ असोज २२मा प्रमाणीकरण भएपछि सोही वर्ष कात्तिक २३ गतेदेखि पीएसबी कार्यान्वयनमा आएको हो ।

नागरिकलाई निष्पक्ष, विश्वसनीय र समावेशी सूचना, शिक्षा तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापना भएको पीएसबी नेपालले सार्वजनिक प्रसारण सेवालाई थप व्यवस्थित र उत्तरदायी बनाउने लक्ष्य राखेको छ ।

संस्थाको दोस्रो वार्षिकोत्सवले नागरिकको सूचनाको हक सुनिश्चित गर्दै सार्वजनिक प्रसारणलाई सबैको पहुँचमा पुर्‍याउने जिम्मेवारीलाई थप स्मरण गराएको छ ।

सूचना प्रविधिको तीव्र विकास र सञ्चार माध्यममा बढ्दो प्रतिस्पर्धाका बीच सार्वजनिक सेवा प्रसारणलाई विश्वसनीय, प्रभावकारी र नागरिकमैत्री बनाउनु पीएसबी नेपालका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ ।