काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

168
shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन ।

तिहार (शुभ दीपावली), २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको बताएका छन ।

उपराष्ट्रपति यादवले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उल्लेख गरेका छन ।

रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व रहेको जनाउँदै उपराष्ट्रपतिले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व, समृद्धि र जीवनदायी संस्कृतिप्रतिको श्रद्धा र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्ने बताएका छन ।

उपराष्ट्रपतिले तिहारका अवसरमा मधेसमा गोवद्र्धन पूजा, सामुहिक रुपमा खेलिने ‘हुक्का–लोली’ (हुक्कापाति) र ‘हुर्राहुरी’ जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीक भएको बताएका छन । गोवद्र्धन पूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्दछ भने हुक्का–लोली र हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र उत्सवधर्मितालाई बलियो बनाउने उनको भनाइ छ ।

यी परम्पराले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्ने उपराष्ट्रपतिको विश्वास छ ।

उपराष्ट्रपतिले तिहार पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक गौरव, लोकतान्त्रिक मूल्य, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको भावनालाई अझ सुदृढ बनाउँदै देशलाई समुन्नति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी कामना गरेका छन ।