काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बसको ठक्करबाट अहिरको मृत्यु

294
shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।

तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदलयात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।