काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लाजिम्पाटमा खुल्यो लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट

13.02K
shares

लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्ट काठमाडौंको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको हो । युवा व्यवसायी प्रतिक गिरीले १२ वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोलेका हुन् ।

नौद थाई स्पा करिब २ वर्ष अगाडि खोलिए पनि कोरोना भाइरसको संक्रमणले सरकारले गरेको लकडाउन र सटडाउनका कारण समयसमयमा बन्द/सुचारु भइरहेको थियो । काठमाडाैंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा मसाज र ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने निर्देशक गिरी बताउँछन् । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । अल इन वानमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु रहेका छन् ।

नौद थाइ स्पाले सुरुवाती दिनदेखि नै आम ग्राहकको माया पाउन सफल रहेको छ । काठमाडौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको मसाज नेपालमै उपलब्ध गराउन सकेमा १२ वर्ष बेलायतको अनुभवलाई न्याय मिल्ने गिरी बताउँछन् । नौद थाई स्पा काठमाडौंलगायत अन्य सहरका स्पा मसाजभन्दा भिन्न रहेको निर्देशक गिरीको दाबी छ ।

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानबाट सेवा दिँदै आएको र काठमाडौंबाहेक पर्यटकीय नगरी पोखरा र ललितपुरकाे झम्सीखेलबाट निकटत भविष्य सञ्चालन गर्ने निर्देशक गिरी बताउँछन् । 'नौद थाई स्पामा आएका ग्राहक दाहोरिएर आउनु भएकाे छ । यहाँको सेवा अन्तर्राष्ट्रियस्तरको रहेको पाइएको उहाँहरूकाे प्रतिक्रिया छ । स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिएको छु,' उनले भने ।

साथै थाइ परिकारको अथेन्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्डबाट नै सेफ ल्याएको गिरी बताउँछन् । थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् ।