काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाेलेरोको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

14.26K
shares

दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही-तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका-१६, कपासीमा रा१च ३८५ नम्बरको बोलेरोले रा४प ४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बोलेरोले ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही-१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए ।

ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।