भन्सार छलेर भित्रिएको ट्रक प्रहरी नियन्त्रणमा
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १५:२२
shares

बिल बिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर सडकखण्डबाट ना३ख २२९ नम्बरको मालवाहक ट्रक सामग्रीसहित नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।
ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो । ट्रक तथा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
करिब पाँच लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान ट्रकमा लोड गरिएको थियो ।

























