काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल

13.25K
shares

 सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज शुक्रबारबाट चौंथो चरणको खेलहरु सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज चौंथो चरणको सुरुआती दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अपराजित रहेको मनाङले ७ अंक जोडेको छ । फ्रेन्ड्स लिगको दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । तीन खेलमा ५ अंक जोडेको आर्मी लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट तीन अंकको खोजीमा हुनेछ । च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल पनि आर्मीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।