पूर्वडीआइजी रमेश खरेलले नयाँ पार्टी घोषणा गर्दै
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १४:३२
shares

नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन् । खरेलले ‘नेपाल सुशासन पार्टी’ घाेषणा गर्ने भएका हुन् । सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच पार्टी घोषणा गर्न लागेका हुन् ।
राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ पार्टी घोषणा गर्न लागेको बताएका हुन् ।

























