काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाडाको अध्यक्षमा थापा निर्वाचित

19.17K
shares

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । पोखरामा अटो व्यावसाय गर्दै आएका थापा प्रतिद्वन्द्वी करण चौधरीलाई ६६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । विगत २१ वर्षदेखि नाडामा आवद्ध भएर काम गरेका उनी दुई पटक नाडाको उपध्यक्षसमेत भइसकेका छन् ।

थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याए । नाडाको चुनावमा २ हजार ७ सय ८८ मत खसेको थियो । कार्यसमिति सदस्यमा भने चौधरीको प्यानलले बहुमत ल्याएको छ । १२ जना चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट सदस्यमा निर्वाचित भएका छन् । थापाको समूहबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३६२), कपिल शिवाकोटी (१३४९), प्रदीपमान प्रधान (१३४७) र आकाश गोल्छा (१३४४) विजयी भएका छन् ।

चौधरीको समूहबाट मिलनबाबु मल्ल (१४६४), अनुप कुमार बराल (१४६२), राजनबाबु श्रेष्ठ (१४५६), सुरेन्द्र कुमार उप्रेती (१४३०), सुनिल रिजाल (१४०१), अभिक ज्योति (१३८२), प्रकाश कपुरी (१३७८), बिक्राम सिंघानिया (१३७०) विजयी छन् । यस्तै, निलमणि पाठक (१३५३), बरदान बस्नेत (१३५३) र पंकज अग्रवाल (१३३७ मत) विजयी भएका छन् ।