काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज कांग्रेसको १४औं महाधिवेशन : पदाधिकारी चयन ‘महाभारत’, ओली, प्रचण्ड र माधव स्टेज सेयर गर्लान् ?

11.55K
shares

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे महाधिवेशनको उदघाटन हुनेछ ।

उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका छ । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उदघाटन समारोहमा धेरै मानिसहरु नउतारेको जनाएको छ । काठमाडौं उपत्यका भित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरु मात्र उदघाटन समारोहमा सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । 

पदाधिकारी चयन ‘महाभारत’ 

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ ।

केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार शनिबार उम्मेदवारहरुको  मनोनयन दर्ता गर्नुपर्नेछ । तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गरेका र केही केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको आकांक्षा राखेका नेताहरुले बाहिर आएका छन् । तर मुल नेतृत्वकै विषयमा शिर्ष नेता अन्योलमा छन् ।

गुटको आधिकारिक समूहमा पर्ने/नपर्ने नेताहरु अन्योलमा छन् । महाधिवेशन उद्घाटनसम्म आइपुग्दा संस्थापन समूहबाट देउवा सभापतिका लागि सर्वसम्मत जस्ता छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा साझा उम्मेद्वारको विषयम सहमति भएको छैन । यी दुवै समूहलाई नेतृत्वदेखि पदाधिकारी चयनसम्म 'महाभारत' भएको छ ।

तेस्रोधारका रुपमा रहेको कृष्णप्रसाद सिटौला समुह, संस्थापनबाट चोइटिएको विमलेन्द्र निधि समूह र सभापतिको एकल उम्मेद्वारी दिएका कल्याण गुरुङको स्पष्ट चित्र बाहिर आएको छैन ।

ओली, प्रचण्ड र माधव एउटै स्टेज सेयर गर्लान् ?

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि काँग्रेस  नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।
तर प्रश्न उब्जीएको छ, ओली, प्रचण्ड र नेपालले एउटै स्टेज सेयर गर्लान् ?

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजित अवस्थाले ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । त्यसयता व्यक्तिगत रुपमै आरोप–प्रत्यारोप र सत्तोसरापमा उत्रिएका उनीहरु सामुहिक मञ्च छल्दै आएका छन् । यदि यी नेताले मञ्च सेयर गरे भने ओलीसँग प्रचण्डले एक वर्षपछि र नेपालले पाँच महिनापछि मञ्च सेयर गर्नेछन् ।