काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले महाधिवेशन : उद्घाटनअघि मुख्य तीन ठाउँबाट र्‍याली निकालिँदै

12.96K
shares

नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन आज चितवनको नारायण तटमा भव्य उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुनेछन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ ।

‘पूर्वी क्षेत्रका लागि भतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर र्‍याली अगाडि बढ्नेछ । त्यसै गरी मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्‍याली अगाडि बढेर उद्घाटन स्थलमा आउने छ,’ तामाङले भने । भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने र्‍याली बसपार्कबाट आउने र्‍यालीमा मिसिँदै अगाडि बढ्ने एमालेले जनाएको छ । 

उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरु राखिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।