काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छनोटमा पुग्ने नेपालकाे आशा कायमै, कुवेतसँग फराकिलाे जित

10.06K
shares

नेपालले ट्वान्टी–२० महिला विश्वकप एसिया छनोटमा बिहीबार कुवेतमाथि शानदार जित हात पारेको छ । छनोटका लागि अत्यावश्यक मानिएको खेलमै ठूलो अन्तरको जित हात पारेपछि नेपाली टोली आशातित देखिएको छ । किनकि यूएईमा भइरहेको प्रतियोगितामा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरी छनोट हुने आशा कायमै राखेको छ ।

टस जितेर ब्याटिङमा आएको कुवेतलाई दुबईको आईसीसी एकेडेमी मैदानमा नेपालले १५.४ ओभरभित्र २७ रनमै अलआउट गर्‍यो । नेपालले ३.३ओभरमै आवश्यक विजय लक्ष्य पूरा गर्‍यो । कप्तान रुबिना क्षेत्रीले १० बलमा १२ र इन्दु बर्माले ८ बलमा १३ रन बनाई अविजित इनिङ्स खेलेपछि नेपालले सजिलो जित पाएको थियो । उपकप्तान सीता रानामगरलाई पहिलो ओभरको पाँचौं बलमा मारिया जस्भीले बोल्ड गरेकी थिइन् ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि नेपालका लागि बाँकी खेलहरूमा जित अन्तर फराकिलो आवश्यक थियो । नेपालले मंगलबार भुटानले छाडेको ६२ रनको लक्ष्यलाई ८.३ ओभरमा पूरा गरेको थियो । नेपालले अब शुक्रबार मलेसिया र आइतबार आयोजक यूएईसँग खेल्नेछ । घरेलु टोली यूएई पहिलो तीन खेल जितेर शीर्षस्थानमा छ । नेपाल र हङकङको ४-४ अंक छ । विजेताले मात्र ग्लोबल छनोटमा स्थान पाउने प्रावधान छ ।