काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साताको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से

13K
shares

साताको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३.२२ अंकले घटेर दुई हजार ७३१.७८ अंकमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन पर्ने सेन्सेटिभ परिसूचक भने झिनो अंकले बढेको छ । आज सेन्सेटिभ परिसूचक ०.४५ अंकले बढेर ५१५.६४ अंकमा प्रवेश गरेको छ ।

आज २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर तीन अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये तीन समूहबाहेक सबै उपसमूह ओरालो लागेका छन् । बैंकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य समूह १९.५१ अंकले बढेका छन् भने व्यापार ४३.१६, विकास बैंक ७०.८७, जलविद्युत २७.४८, वित्त २.०३, निर्जीवन बिमा १५६.८४, उत्पादनमुलक २९.१, लघुवित्त ५१.४१, जीवन बिमा २३.२६ लगानी समूह ०.४९ र सामुहिक लगानी कोषको सेयर घटेको छ ।