काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

12.83K
shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बिमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।

मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थितिमा क्याम्पस प्रमुख डीएन न्यौपानेले प्रमुख अतिथि थिए । कार्यक्रममा बिमासम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए ।

त्यसै गरी सोही दिन हरिनगरा माविमा करिब १५० जना जना विद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बिमासम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक धमलाले प्रदान गरेका थिए । उक्त कार्यक्रममा बिमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रीय प्रमुख हिरा निरौलाले प्रकाश पारेकी थिइन् ।

त्यसैगरी मंसिर ६ गते  गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए । प्रमुख अथिति प्रशासकीय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बिमाको महत्वबारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा बिमासम्बन्धी प्रशिक्षण क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेको  नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए ।