global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धिनहर मर्मत सुरु हुँदा चाँडै पानी पाउनेमा किसान आशावादी

सिद्धिनहर मर्मत सुरु हुँदा चाँडै पानी पाउनेमा किसान आशावादी

सिद्धिनहर मर्मत सुरु हुँदा चाँडै पानी पाउनेमा किसान आशावादी

पहिरोले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं-१, २, ३ र ४ को एक हजार ७ सय हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिरोले गत वर्ष बगाएको थियो ।

प्रदेश नं १ सरकारको ५० लाख रुपैयाँ र संघीय सरकारको १० लाख रुयैयाँ आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी, सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका सदस्य र स्थानीय सरकार समेतको सहभागितामा मर्मत सुरु गरिएको बताए । नहर बनेसँगै बाहुनडाँगी क्षेत्रका किसानले सिँचाइ सुविधा प्राप्त गर्नेछन् ।

पानी अभावमा सुक्न थालेको सुपारी मरिच, चिया खेतीलगायत अन्य नगदेबालीलाई समेत राहत पुग्ने भएको छ । सोही क्षेत्रको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने नहर इलामको रोङ गाउँपालिका-६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला र दुधे खोला छेउमा पहिरोले क्षति पुर्‍याएको थियो ।

नेपाल सरकारले नहर स्थापनामा ४४ करोड रुपैयाँ लगानी गरेको थियो । निर्माणको पाँच वर्षमा मात्र लाखौँ रकम मर्मतमै खर्च भइरहेको छ ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु