नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा शपथ ग्रहण
वि.सं.२०७८ मंसिर ७ मंगलवार ००:१४
shares

नेपाल बंगलादेश बैंकको नव निर्वाचित सञ्चालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।
अध्यक्ष एआरएम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बंगलादेश बैंक लिमिटेडको उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा सोमबार गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
























