इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता
वि.सं.२०८३ असोज २५ आइतवार २१:०२
shares

इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम बिन तारिकले आइतबार पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने आफ्नो देशहरूको प्रतिबद्धता दोहो¥याएका छन् ।
इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार टेलिफोन वार्तामा दुवै पक्षले द्विपक्षीय परामर्श जारी राख्नु आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
विज्ञप्तिमा भनिएको छ, “इरानी राष्ट्रपति पेजेस्कियानले क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न ओमानका सुल्तान र सरकारले गरेका प्रयासको प्रशंसा गर्दै क्षेत्रीय राज्यहरूको संयुक्त क्षमता प्रयोग गरेर समझदारी र सहयोग सुधार गर्न आवश्यक रहेको कुरामा जोड दिए ।
उनले इरान–ओमान सम्बन्धलाई ‘मैत्रीपूर्ण र पुरातन’ भनेर वर्णन गर्दै ओमानका सुल्तानलाई इरान भ्रमण गर्न निम्तो दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
ओमानका सुल्तानले आफ्नो तर्फबाट क्षेत्रमा शान्ति र स्थिरतालाई समर्थन गर्ने आफ्नो देशको दृष्टिकोणलाई जोड दिँदै इरानसँग नजिकको सम्बन्ध र परामर्श कायम राख्नु ओमानको प्राथमिकता रहेको कुरामा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।
























