काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

390
shares

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा(चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा(चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए । केही दिनअघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो ।

विसं २०६१ मा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवतजावत प्रभावित बनेको छ । पुल भत्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूले सोही दिन क्षतिग्रस्त पुलको निरीक्षण गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सरकारको प्राविधिक टोलीले महाकालीको क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ । नदीमा पानीको बहाव कम भएपछि अन्य पिलरहरुको अवस्थाबारे पनि अध्ययन गरिनेछ । त्यसपछि आवश्यक मर्मतको काम सुरु गरिनेछ । प्राविधिक टोलीले पुल मर्मतका लागि एक वर्ष समय लाग्ने जनाइएको छ ।