काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

5.84K
shares

आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धत मिदास टेक्नोलोजीले अस्पतालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

यो सेवा हाललाई वीर र सिभिल सर्भिस अस्पताल एवं मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत् पनि उल्लेखित अस्पतालका अनलाइन ओपीडी टिकट सेवा प्रदान गर्दे आइरहेको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।