गृहपृष्ठ काठमाडौं भित्रिएपछि ४ ठाउँबाट कोरोना खोप लाउन पाइने
काठमाडौं भित्रिएपछि ४ ठाउँबाट कोरोना खोप लाउन पाइने
काठमाडौं भित्रिने ४ वटा नाकामा कोभिड-१९ विरुद्धको खोप केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिने खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ ।
बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइनेछ । यसमा १८ बर्ष उमेर समूह माथिका यस खोप लगाउन छुटेका सवै नागरिक र यस अघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित समय : १२:३८ बजे


















