काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए

650
shares

गण्डकी । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको मनाश्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन् । मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ ।

मनाश्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएको उनले बताए । “शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए, रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ”, संरक्षण अधिकृत ओझाले भने, “हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ ।”

बाढीले मनाश्लु जाने मुख्य पदमार्ग, झोलुङ्गे पुललगायतमा क्षति पुर्‍याएका कारण पर्यटकको आवातजावत रोकिएको हो । चुमनुब्री–६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पखाईमा रहेको उनले बताए । यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताए ।

विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

“मनाश्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ”, उनले भने, “मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ ।”