काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको दसैँ–तिहार अफर, एफटीटीएच जडानमा ५०० सम्म छुट

767
shares

काठमाडौँ / नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलगायत विभिन्न पर्वको अवसरमा ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट, जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस र डेटा प्याकेजलगायत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क ५०० रुपैयाँ छुट दिइनेछ । त्यसैगरी, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज लिने ग्राहकले एक महिना थप सुविधासहित १३ महिनाको प्याकेज पाउनेछन् ।

बोनसका रूपमा उपलब्ध मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ । भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई १ हजार रुपैयाँ छुटको सुविधा पनि उपलब्ध छ ।

जीएसएम मोबाइल सेवाका ग्राहकका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा प्याकेज उपलब्ध हुनेछ । फेस्टिभल अनलिमिटेड प्याकेजमा दैनिक तोकिएको डेटा भोल्युम खपत भएपछि बाँकी अवधिमा २ एमबीपीएस गतिमा इन्टरनेट प्रयोग गर्न सकिनेछ ।

फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेजमा दैनिक १० जीबी डेटा खपत भएपछि बाँकी अवधिमा ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी, २५० रुपैयाँमा १ हजार मिनेट अल–नेट भ्वाइस सुविधासहितको जोडी मिनेट्स र ९९ रुपैयाँमा १ हजार अल–नेट एसएमएस सुविधासहितको फेस्टिभ म्यासेज प्याकेज उपलब्ध हुनेछ । यी सबै प्याकेजको समयावधि ३० दिन तोकिएको छ।

नेपाल टेलिकमका अनुसार असोज ३० देखि कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले अफरका सुविधा लिन सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी प्याकेज खरिद गर्न सक्नेछन् ।