काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘लेखनवृत्ति’ कोष स्थापना

637
shares

बागलुङ । नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ ।

शाखाका सचिव नारायण रिजालका अनुसार कोषबाट प्राप्त हुने ब्याजबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने छ ।

शाखाले कोष वृद्धि अभियानलाई निरन्तरता दिँदै पत्रकारको पेसागत हकहित र क्षमता अभिवृद्धिमा सक्दो सहयोग गर्ने बताएको छ ।