काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

त्रिशूली–भोटेकोशी बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीको ४५ लाखभन्दा बढी सहयोग

364
shares

काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका हुन् ।

प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीले उक्त रकम संकलन गरेको बैंकले जनाएको छ । संकलित रकममार्फत प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले यसअघि पनि त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको थियो ।

त्यस्तै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत आवश्यक विपद् व्यवस्थापन सामग्रीसमेत उपलब्ध गराएको थियो ।

बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । कर्मचारीको पछिल्लो योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने बैंकको विश्वास छ ।