काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

481
shares

ai logo सारांश

  • माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार।
  • डिजिटल नवप्रवर्तन र ग्राहक सेवामा माछापुच्छ्रे बैंक सम्मानित।
  • जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यका लागि माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ।

बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवासँग जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकले उक्त सम्मान प्राप्त गरेको छ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्सले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहककेन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्दै आएको छ। सन् २०२६ को संस्करणमा विश्वभरबाट नौ विधामा प्राप्त ५०० भन्दा बढी आवेदनमध्येबाट पुरस्कारका लागि उत्कृष्ट पहलहरू छनोट गरिएको बैंकले जनाएको छ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहकसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्दै आएको प्रतिबिम्बित गरेको छ। ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ।

यसैगरी, बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा अर्को अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा बैंकले गरेका प्रयासको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ। यस सम्मानले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै आएको बैंकको प्रयासलाई उजागर गरेको छ।

दुई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको माछापुच्छ्रे बैंकले पछिल्ला वर्षहरूमा पनि विभिन्न प्रतिष्ठित पुरस्कार हासिल गर्दै आएको छ। बैंकले सन् २०२३ र २०२४ मा ‘भिसा लिडरसिप कनक्लेभ अवार्ड’, सन् २०२३ र २०२५ मा ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ तथा सन् २०२५ मा ‘राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड’ प्राप्त गरिसकेको छ।

ग्राहककेन्द्रित सेवा, डिजिटल नवप्रवर्तन तथा प्रभावकारी जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको बैंकले प्राप्त गरेका यी सम्मानले बैंकिङ सेवाको गुणस्तर सुधार र सुरक्षित वित्तीय अभ्यासप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेका छन्।