काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुर्खेतमा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको गठन

11.04K
shares

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस कमिटी गठन गरेको छ । सोमबार ३१ सदस्यीय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस कमिटी गठन गरिएको हो ।

नवगठित कमिटीमा कविन्द्र तिमिल्सिनाले अध्यक्षको जिम्मेवारी पाएका छन् । यस्तै उपाध्यक्षमा जय शाही र नुनिता कँडेल, सचिवमा जीवन केसी, सहसचिवमा कल्पना रेग्मी, लिसरा मगर, मिन चौलागाई र सरिता बीसी तथा कोषाध्यक्षमा कमला ऐडी चयन भएका हुन् ।

अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य जनक धमलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम अनेरास्ववियू स्थायी कमिटी सदस्य मिलन बुढा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।