काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ साधारणसभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

676
shares

ai logo सारांश

  • सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • बैंकको २२औँ साधारणसभाले उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ।
  • बोनस शेयर वितरणपछि सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी पुग्ने भएको छ।

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) र चार प्रतिशत बोनस शेयर वितरण गर्नेछ। बैंकको हाल कायम चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ।

बैंकले नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा र बोनस शेयरबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा वितरण गर्नेछ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ। साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ। समितिमा संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल चयन भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकले जनाएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ। बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।