गृहपृष्ठ प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा
प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा
प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । हालै सम्पन्न इन्स्योरेन्स सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाबसमेत स्वीकृतिका लागि बिमा समितिमा पेश गर्ने उल्लेख गरेको छ । उक्त प्रस्तावित लाभांश बिमा समितिले स्वीकृति गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
प्रकाशित समय : १८:१४ बजे



















