global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटन, कृषि र स्थानीय उद्योग प्रवद्र्धनमा टेम्केमैयुङको जोड

पर्यटन, कृषि र स्थानीय उद्योग प्रवद्र्धनमा टेम्केमैयुङको जोड

पर्यटन, कृषि र स्थानीय उद्योग प्रवद्र्धनमा टेम्केमैयुङको जोड

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गसहित समग्र पर्यटन क्षेत्रको दिगो विकासका लागि ‘समुदायमा आधारित पर्यटन नीति–२०८३’ पारित गरेको छ ।

पालिका अध्यक्ष सरोज बस्नेतका अनुसार मुन्दुम पदमार्गसँगै गाउँपालिकाको क्षेत्राधिकारका अन्य पर्यटकीय गन्तव्यको योजनाबद्ध विकास, पूर्वाधार विस्तार र प्रवद्र्धन गरिने छ ।

उहाँले भन्नुभयो, “मुन्दुम पदमार्गसँगै अन्य सम्भावनायुक्त स्थलको पहिचान, संरक्षण र प्रवद्र्धनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य छ ।” पर्यटनसँग प्रत्यक्ष जोडिएका स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले गाउँसभाले ‘स्थानीय मदिरा उत्पादन, बिक्री तथा नियन्त्रण सम्बन्धी विधेयक’ पनि पारित गरेको छ । साना तथा घरेलु उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्न त्यसो गरिएको उहाँ बताउनुहुन्छ ।

महिला तथा युवालाई आयआर्जनसँग जोड्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पालिकाले बताएको छ । पालिकाले ‘सिँचाइ विधेयक’ पनि पारित गरेको छ । साथै, पालिकाले चालु आवमा
८७।०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु