गृहपृष्ठ आजको राशिफल: वि.सं. २०८३ असार २२ गते, सोमबार
आजको राशिफल: वि.सं. २०८३ असार २२ गते, सोमबार
ईस्वी सन् २०२६ जुलाई ६, नेपाल संवत् ११४६ तछलागा षष्ठी, असार कृष्ण षष्ठी। पञ्चाङ्गअनुसार आज सौभाग्य योग, वणिज करण र पूर्वभाद्र नक्षत्र रहेको छ। चन्द्रमा कुम्भ राशिमा तथा सूर्य मिथुन राशिमा रहेका छन्।
आज नेपालमा सूर्योदय बिहान ५:१५ बजे र सूर्यास्त साँझ ७:०२ बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि घरबाहिर निस्कनुपर्दा तिलको दाना चपाएर जुनसुकै दिशातर्फ यात्रा गरे शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। साथै, कुनै महत्वपूर्ण कार्यको शुभारम्भ वा शुभ यात्राका लागि आज बिहान ६:१९ बजेदेखि ९:५७ बजेसम्मको समय शुभ मानिएको छ। उल्लेखित समय नेपालको राष्ट्रिय समयअनुसार निर्धारण गरिएको हो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा रहेका भ्रम र चिन्ता बाहिरिने समय छ। अनावश्यक चिन्ताले अपेक्षाअनुसार समयमा काम सम्पन्न गर्न कठिन हुन सक्छ। प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्ने योग रहेको छ। राम्रो नतिजाको अपेक्षा भए गोप्य रूपमा तयारी गर्नु लाभदायी हुनेछ। प्रकृतिमा केही समय बिताउँदा मानसिक तनाव कम हुनेछ। आज आफन्तको इच्छा र भावनालाई बेवास्ता नगर्नुहोस्। परिवार नै जीवनको आधार हो भने सुख–सुविधा केवल साधन मात्र हुन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यावहारिक चिन्ता बढ्न सक्छ। जीवनसाथीसँग घुमघाम वा किनमेलको योजना बनाउनुभयो भने सम्बन्धमा सकारात्मकता आउनेछ। कमजोरी र असफलतालाई पन्छाउँदै क्षमताअनुसार मेहनत गरे ठूलो सफलता प्राप्त हुन सक्छ। सहकर्मी वा जुनियरको व्यवहारले केही चिन्ता थपिए पनि आफ्नो प्रतिभाअनुसार अवसर प्राप्त हुनेछ। उन्नतिको मार्गमा आउने बाधा पार गर्दै छुट्टै पहिचान बनाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन, मान र प्रतिष्ठा बढ्ने दिन छ। चाहेको जिम्मेवारी प्राप्त हुने र प्रशंसा तथा पुरस्कारको योग रहेको छ। मनोरञ्जनभन्दा कार्यक्षेत्रमा बढी व्यस्त रहने सम्भावना छ। सुरुमै आफ्नो व्यस्तताबारे जानकारी गराउँदा प्रियजनको मन राख्न सकिनेछ। पारिवारिक वातावरण अनुकूल रहनेछ। रोकिएको धन वा पारिश्रमिक प्राप्त हुने सम्भावना छ। अरूलाई सम्मान गर्दा आफूले पनि प्रतिष्ठा प्राप्त गर्नुहुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जनसम्पर्क र सामाजिक सम्बन्धबाट आयस्रोत बढ्न सक्छ। परिस्थिति बुझेर स्थायी सम्पत्ति वा सेयर कारोबारमा चासो दिन सकिन्छ। धर्मकर्म तथा परोपकारी कार्यमा संलग्न हुनुपर्ने समय छ। समाजमा सम्मान पाइए पनि घरपरिवारलाई समय दिन नसक्दा केही असन्तुष्टि बढ्न सक्छ। आजको उपलब्धि तपाईंको प्रयासमा निर्भर रहनेछ। मेहनत गरे राम्रो अवसर प्राप्त हुनेछ भने आलस्यले अवसर गुम्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शारीरिक थकान र उत्साहमा कमी आउन सक्छ। यद्यपि आफूलाई सकारात्मक राख्ने प्रयास गर्नु आवश्यक छ। आज तपाईंको आत्मबल आफन्तका लागि पनि महत्वपूर्ण रहनेछ। लक्ष्यमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रको तनाव घरसम्म नलैजानु राम्रो हुनेछ। साना कुराले मन विचलित हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको सुरुवात गर्ने अवसर मिल्नेछ। आत्मविश्वास बढ्ने भएकाले प्रतिस्पर्धी कमजोर बन्नेछन्। आफन्त र परिवारका लागि पनि केही समय छुट्याउनु आवश्यक छ। घुमघाम वा एकान्तमा समय बिताउने अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा नयाँ प्रस्ताव आउने सम्भावना छ। जीवनसाथी वा निकट मित्रको स्वास्थ्यमा समस्या देखिन सक्छ। साझेदारीको काममा पूर्ण ध्यान दिनु उपयुक्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा तालमेल र पारदर्शिता कायम गर्नु आवश्यक छ। साना कुरा पनि लुकाउने वा छल गर्ने व्यवहारले विश्वासमा असर पर्न सक्छ। आलस्य बढे पनि लक्ष्यबाट विचलित हुनु हुँदैन। सामान्य गल्तीले पनि ठूलो नोक्सानी हुन सक्छ। छोटो यात्राले व्यापार वा काममा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। कानुनी झन्झट वा जरिवानाको सम्भावना भएकाले सावधानी अपनाउनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइसँग रमाइलो समय बित्नेछ। प्रेम सम्बन्धमा अपेक्षा पूरा हुने सम्भावना छ। अध्ययनमा भने ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। अनुकूल वातावरण नहुँदा क्षमता हुँदाहुँदै पनि अपेक्षित उपलब्धि नआउन सक्छ। आर्थिक विषयमा पुनः मूल्याङ्कन गर्दै अघि बढ्नु राम्रो हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ र बुद्धिमत्तापूर्वक निर्णय गर्दा लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मातृसुखमा केही प्रभाव पर्न सक्ने भएकाले आमाको स्वास्थ्यबारे जानकारी लिनु उचित हुनेछ। सहकर्मीसँग असमझदारी बढ्न सक्छ। साझेदारीका काममा बढी दौडधूप गर्नुपर्ने देखिन्छ। कारोबारमा ध्यान केन्द्रित गर्न कठिन भए पनि आर्थिक सन्तुलन कायम रहनेछ। आफ्नै प्रयासमा काम सम्पन्न गर्नुपर्ने दिन रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दार्शनिक सोच र अध्ययनतर्फ रुचि बढ्नेछ। समसामयिक विषयमा साथीहरूसँग गम्भीर छलफल हुन सक्छ। दाजुभाइ, दिदीबहिनी वा छिमेकीलाई सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ। व्यक्तिगत पहिचान, प्रतिष्ठा र व्यवसायिक उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ। व्यक्तित्व विकासका लागि पनि अनुकूल समय छ। परीक्षा वा अन्तर्वार्तामा सफलता मिल्ने सम्भावना रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परीक्षा तथा प्रतियोगिताका लागि अनुकूल दिन छ। नयाँ विषय सिक्न र भविष्यका लागि उपयोगी ज्ञान हासिल गर्न सकिनेछ। आर्थिक अवस्था सुदृढ रहनेछ र विभिन्न स्रोतबाट आम्दानी बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको बोली र कामको प्रशंसा हुनेछ। पारिवारिक वातावरण पनि सुखद रहनेछ। अतिरिक्त आम्दानीका लागि गरेको प्रयास सफल हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गम्भीर स्वभाव बढ्ने र एकान्तमा समय बिताउन मन लाग्न सक्छ। पारिवारिक जीवनमा केही असन्तुष्टि देखिन सक्छ। सकारात्मक सोच राख्नु लाभदायी हुनेछ। व्यापार–व्यवसायमा प्रगति हुने र उत्साह बढ्ने समय छ। हिसाबकिताबका त्रुटि सच्याएर अघि बढे अझ राम्रो लाभ मिल्नेछ। सम्बन्धलाई मजबुत बनाउन प्रेम, सद्भाव र मुस्कान नै पर्याप्त हुनेछन्। मनदेखि गरेको व्यवहारले दिन अझ सुखद बन्नेछ।
प्रकाशित समय : ०६:१२ बजे


















