गृहपृष्ठ कानुन व्यवसायीद्वारा गृहमन्त्री खाणको समेत राजीनामा माग
कानुन व्यवसायीद्वारा गृहमन्त्री खाणको समेत राजीनामा माग
आन्दोलित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासहित गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानुन व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले 'गृहमन्त्री राजीनामा देऊ' भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
प्रकाशित समय : १७:५४ बजे




















