गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच हुनेछ ।
ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुने एन्फाले जनाएकाे छ । ब्रिगेड राष्ट्रिय टिमका पूर्वकप्तान फरवार्ड अनिल गुरुङको कप्तानीमा मैदान उत्रनेछ । एपीएफको कप्तानी भने टोप बहादुर विष्टले गर्ने छन् । यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ अन्जन विष्टको कप्तानीमा मैदान उत्रनेछ ।
लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्नेछन् ।
प्रकाशित समय : १७:४१ बजे




















