गृहपृष्ठ प्रदेश २ मा थपिए दुई मन्त्री
प्रदेश २ मा थपिए दुई मन्त्री
प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले सपथ ग्रहण गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र प्रमोद यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा सपथ लिएका हुन् ।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएका हुन् । याेसँगै प्रदेश-२ सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि जाेडिएकाे छ । धनुषा निर्वाचन क्षेत्र नं. ४(ख) बाट निर्वाचित महतो संविधानसभाका बेला संघीय सरकारका स्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए । सिरहा निर्वाचन क्षेत्र नं. ३ (ख)बाट प्रदेश सांसद जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
प्रदेशसभामा नेकपा(एस)को १३ जना सांसद छन् ।
प्रकाशित समय : १७:०६ बजे




















