global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम । दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्यौलमा परेको छ । बुधबार दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको थियो ।

प्रदेश सरकारले प्रदेशसभामा यही असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन विद्येयकमा व्यापक त्रुटी रहेकाले संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षीदल जनता समाजवादी पार्टी (जसपा), नेपाल र जनमत पार्टीले बैठक अवरुद्ध गरेको हो ।

अवरुद्ध बैठक सञ्चालन गर्न सभामुख रामअशिष यादवको पहलमा सत्तापक्षी र प्रतिपक्षीय दलका नेताहरूबीच बुधबारदेखि छलफल भइरहेपनि सहमति जुट्न नसक्दा बैठक अन्यौलमा परेको हो । बैठकलाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको र सहमति भएपछि बैठक सञ्चालन हुने प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए।

बुधबार बसेको बैठकको सुरुमा प्रतिपक्षी दुवै दलका प्रदेशसभा सदस्यहरूले सरकार आफ्नै नीति तथा कार्यक्रममार्फत घोषणा गरेको विषयलाई बेवास्ता गर्दै साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको तथा बजेटमा प्रतिपक्षमाथि विभेद् गरिएकाले त्यसलाई संशोधन नगरेसम्म बैठक सञ्चालन हुने नदिने अडान लिएपछि सभामुख यादवले बैठक १० मिनेटका लागि स्थगित गर्ेका थिय ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३र८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु