global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण

विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण

विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण

काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ ।

इजिप्ट फुटबल संघ (ईएफए) ले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् ।

यस विश्वकपमा मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्टले अन्तिम–१६ (राउन्ड अफ १६) सम्मको यात्रा तय गर्दै नयाँ इतिहास रचेको थियो । सन् २०१८ पछि पहिलो पटक विश्वकप खेलेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै उत्कृष्ट प्रदर्शन गरेको हो ।

प्रि–क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाविरुद्ध इजिप्टले २–० को अग्रता बनाएर सबैलाई चकित पारेको थियो । तर अर्जेन्टिनाले १३ मिनेटभित्र लगातार तीन गोल गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको थियो ।

५९ वर्षीय होसाम हसन फेब्रुअरी २०२४ मा इजिप्टको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा इजिप्टले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एएफकन) को सेमिफाइनलसम्म यात्रा गरेको थियो । उनले यस वर्षको फेब्रुअरीदेखि औपचारिक राष्ट्रिय सम्झौताबिनै टोली सम्हाल्दै आएको पनि यसअघि बताएका थिए । विश्वकपमा होसामको नेतृत्वमा इजिप्टले समूह चरणमा न्युजिल्यान्डलाई ३–१ ले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो । त्यसपछि नकआउट चरणको पहिलो खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्न सफल भएको थियो । एएनआई

प्रकाशित समय : ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु