गृहपृष्ठ केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर ९ओबीएसएस० मार्फत हुनेछ ।
सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम पाँच करोड दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
प्रकाशित समय : १०:३७ बजे



















