global ime bank Long Banner Ad

गृहपृष्ठ नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेलाई २–१ ले पराजित गरेको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

जुड बेलिङहमले अतिरिक्त समयमा दुई गोल गरेको छ । खेलको ३६औं मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको पहिलो हाफको थप गरिएको इन्जुरी समयमा इङ्गल्याण्डका जुड बेलिङ्ङ्घमले गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेटको खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पछि थपिएको समयमा निर्णायक गोल गर्दै इङ्गल्याण्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस जितसँगै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु