गृहपृष्ठ सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताएका छन् ।
बाढीमा हराएका आफन्तको खोजीको माग गर्दै बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडितपरिवारसँगको भेटमा मुख्यमन्त्री भट्टले स्थानीय नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने उल्लेख गरे । हराइरहेकाको खोजी तथा उद्धारका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय भइरहेको उनले बताए। उनले भने, “पीडितपरिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।”
प्रदेश सरकारले बेपत्ता नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । उनले पीडितपरिवारलाई एक्लो महसुस हुन नदिने बताउँदै प्रदेश सरकार सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित समय : ०६:३१ बजे


















