काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

924
shares

कपिलवस्तु । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् ।

त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् । सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ । प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ ।

प्रहरीले गएराति कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइन जस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गएराति निज बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।