काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

1.37K
shares

ai logo सारांश

  • मन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन ।

हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताएका छन ।

अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले विगतमा चामल र नुन ल्याउनसमेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनका महत्त्वपूर्ण उदाहरण भएको भएको स्पष्ट पारे ।

कर्णालीवासीका विगतको जीवनका दुःखपूर्ण दिन स्मरण गर्दै मुख्यमन्त्री शाहीले विगतको अवस्थालाई अहिलेको परिवेशसँग तुलना गर्दै सङ्घीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

विगत सम्झँदै उनले भने, “२०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपथ्र्यो, बाटोमा भारी बोकेर जान्थ्यौँ र उताबाट चामल ल्याउँदा पनि आफैँ भारी बोकेर आउनुपथ्र्यो ।”

विद्यार्थी जीवनमा मट्टीतेलको अभाव हुँदा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा सञ्चार सेवाको पहुँच विस्तार भएको पक्षलाई सबैले मनन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री शाहीले औंल्याए ।

उनले भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गरे । सामाजिक सम्मान र अधिकारका क्षेत्रमा पनि वर्णनयोग्य सुधार आएको बताउँदै उनले भने, “समाजका सबै जातजाति र समुदायले अहिले सम्मानपूर्वक बाँच्न पाएका छौँ ।”