global ime bank Long Banner Ad

गृहपृष्ठ मनसुन सक्रिय हुँदै, देशभर भारी वर्षाको सम्भावना

मनसुन सक्रिय हुँदै, देशभर भारी वर्षाको सम्भावना

मनसुन सक्रिय हुँदै, देशभर भारी वर्षाको सम्भावना

काठमाडौं २८। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी दिनमा मनसुन थप सक्रिय हुने संकेत देखिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा मधेश प्रदेश, गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले आगामी केही दिन मनसुन क्रमशः थप सक्रिय हुँदै जाने जनाएको छ। यसका कारण देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भई बाढी, पहिरो, डुबान तथा गेग्रान बहावजस्ता विपद्का घटना बढ्न सक्ने जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

प्रकाशित समय : ०६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु