काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दलित तथा विपन्न ४३ घरधुरीलाई खाद्यान्न सहयोग

11.3K
shares

हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका अतिविपन्न तथा दलित समुदायका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पागाउँका प्रेमदोर्जे लामाको व्यक्तिगत सहयोग तथा छिरिनपाल्देन लामाको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण केही राहत होस् भन्ने उद्देश्यका साथ बरगाउँका ४३ दलित तथा अतिविपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिनपाल्देन लामाले बताए । उक्त गाउँका प्रतिघरपरिवारलाई २५ किलोको दरले ४३ बोरा बासमती चामल वितरण गरिएको लामाले जानकारी दिए ।

हुम्लादेखि पहिलो सगरमाथा आरोही गर्ने प्रेमदोर्जे लामाले मंसिर १४ गते नेपालगञ्जबाट हवाईमार्फत ढुवानी गरी गाउँमा पुर्याएर राहत सहयोग गरिएको हो । देशभर कोभिड–१९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले उनीहरुका लागि सानो सहयोग गरेको प्रेम लामाले बताए । (रासस)